Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन १६ जनवरीमा हुने

नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन १६ जनवरीमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०८२ सोमवार • २०:४१:४२ बजे
  • 1.4K
    SHARES
  • नेपाल मगर संघ शाखा कुवेतको पाचौं अधिवेशन १६ जनवरीमा हुने

    कुवेत – नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन हुने भएको छ । 

    images

    माघे संक्रान्तिको अवसरमा आयोजना हुन लागेको यस कार्यक्रम १६ जनवरी २०२६ शुक्रबार बिहान ११ बजेदेखि राजधानी प्यालेस होटेल खैतान कुवेतमा सम्पन्न हुनेछ ।

    “इतिहास, भाषा, संस्कृति संरक्षण – सम्वर्धन मगरहरूको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन संहिताको तेस्रो लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजना हुन लागेको यस अधिवेशनमा विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।

    मगर संघ कुवेतले कुवेतस्थित नेपाली समाजसँग सकृयरुपमा सहकार्य गर्दै, सामाजिक कार्य तथा आफ्नो मौलिकतालाई प्रोत्साहन गर्दै आइरहेको छ भने विभिन्न दुर्घटना तथा भवितव्यमा परेका नेपाली श्रमिकहरूलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology