Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुवेतमा कार्यरत नेपालीका लागि वित्तीय सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेतमा कार्यरत नेपालीका लागि वित्तीय सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०८२ शनिवार • २०:४९:२२ बजे
  • 1.3K
    SHARES
  • कुवेतमा कार्यरत नेपालीका लागि वित्तीय सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

    कुवेत - कुवेतमा कार्यरत नेपालीहरुका लागि सुरक्षित वित्तीय व्यवस्थापन, विप्रेषण तथा सामाजिक सुरक्षा कोष सम्बन्धि सचेतना अभिवृद्धि गर्ने उदेश्यले "वित्तीय सचेतना" विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

    images

    नेपाली राजदूतावास कुवेतको सभाहलमा आज सम्पन्न उक्त अन्तक्रिया कार्यक्रममा गैर आवसीय नेपाली संघ, नेपाल पत्राकार महासंघ वैदेशिक शाखा कुवेत, नेपालमा विप्रेषणमार्फत रकम पठाउने बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर एजेन्सीका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

    कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई वित्तीय सचेतना दिन आवश्यक रहेको र यसका लागि राजदूतावास र नेपालमा विप्रेषणमार्फत रकम पठाउने बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर एजेन्सीको भूमिका महत्त्वपूर्ण रहेको बताए । कुवेतमा रहेका नेपाली श्रमिकहरूलाई नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा आबद्ध हुदा हुने फाईदाका बारेमा उल्लेख गर्दै यो विषयमा श्रमिकहरूलाई सचेत गराउने सबैको साझा दायित्त्व भएको बताए । त्यस्तै विदेशमा रही हुण्डी कारोबार गर्दा देशको अर्थतन्त्रमा असर पर्दछ । हुण्डीबाट गरिएको कारोबार अवैधानिक हो । त्यसैले यो दण्डनीय छ । हुण्डी मार्फत कारोबार नगर्न आग्रह गर्दै यो कार्यमा जो कोही सङ्लग्न भएको पाएमा दूतावासमा सूचना दिन समेत अनुरोध गरेका छन ।  

    उक्त कार्यक्रममा सहभागी व्यक्ताहरुले वित्तीय सचेतना, नेपालमा विप्रेषण पठाउने तरिका, यसको प्रवृत्ति र सम्भावनाहरू तथा सामाजिक सुरक्षा कोष (SSF) लाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागितामा वृद्धि गर्न आवश्यक रहेको बताए । कार्यक्रममा कुवेतको वित्तीय क्षेत्रमा कार्यरत करिब २५ जना नेपाली प्रतिनिधिहरू तथा राजदूतावासका सम्पूर्ण कूटनीतिक कर्मचारीहरूको पनि उपस्थिति थियो ।

    IMG-20260117-WA0012.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology