Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल कुवेत सरोकार समाजले र्‍यापर भिटेनलाई कुवेत ल्याउने

नेपाल कुवेत सरोकार समाजले र्‍यापर भिटेनलाई कुवेत ल्याउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १२, २०८२ आइतवार • २३:३३:३१ बजे
  • 2.7K
    SHARES
  • नेपाल कुवेत सरोकार समाजले र्‍यापर भिटेनलाई कुवेत ल्याउने

    कुवेत - नेपाल कुवेत सरोकार समाजले नेपाली हिपहप क्षेत्रका गायक एवम् नेपाली र्‍यापर समीर घिसिङ (भिटेन) लाई सांगीतिक प्रस्तुतिका लागि कुवेत ल्याउने तयारी गरेको छ । 

    images

    समाजको आगामी मार्च २० तारिख हुने छैटौं वार्षिक सांगीतिक धमाकामा भिटेनले कुवेतमा रहेका नेपालीलाई सांगीतिक प्रस्तुति मार्फत मनोरन्जन दिने भएका हुन् । भिटेनसंगै स्थानीय कलाकारको समेत बेजोड सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । 

    जलिबस्थित एस्पायर इन्डियन स्कुलको हलमा दिनको २ बजेदेखि कार्यक्रम हुने छ । समाजले विगतका वर्षमा भएका सांगीतिक कार्यक्रम भन्दा पनि उत्कृष्ट सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ । परदेशमा दिनभरिको थकाइ र न्यास्रो मेट्न संगीत प्रेमीहरुका लागि सांगीतिक उत्सवहरू आयोजना गरि संगीतको माध्यमबाट मनोरञ्जन र ऊर्जा प्रदान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। 

    परदेशमा पनि नेपाली कला, गला, सस्कृतिको संक्षण र प्रर्वद्दन गर्ने उदेश्यले आयोजना हुने यस्ता कार्यक्रमहरूले पुराना कलाकार लाई सम्मान र नयाँ प्रतिभालाई प्रस्फुटन हुने अवसर दिनेछ । कार्यक्रममा कुवेतस्थित नेपाली संघ-संस्था लगायत नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ ।



  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology