Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बन्दीपुर चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९ जना पक्राउ

बन्दीपुर चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९ जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २६, २०७७ सोमवार • १३:३२:१७ बजे
  • 1.9K
    SHARES
  • बन्दीपुर चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९ जना पक्राउ
    बन्दीपुर गाउँपालिका-४ सानोडुम्रेस्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा भानु नगरपालिका-१ कल्याणटार बस्ने बिशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, बिनोद परियार र सम्राट तामाङ रहेका छन्

    करेन्ट लगाई माछा मारिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई माछा मार्न प्रयोग भएको मेशिन तथा टाँगा सहित फेला पारी पक्राउ गरेको हो ।

    उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराएकोमा जनही ५ हजार रुपैयाँ जरिवाना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # करेन्ट लगाई माछा मारे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology