Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङ सेवा समाज कुवेत द्वारा बालगृहलाई सहयोग

बागलुङ सेवा समाज कुवेत द्वारा बालगृहलाई सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०८२ शुक्रवार • ०१:४८:०५ बजे
  • 1.4K
    SHARES
  • बागलुङ सेवा समाज कुवेत द्वारा बालगृहलाई सहयोग

    बागलुङ - बागलुङ सेवा समाज कुवेतले तमानखोला गाउँपालिका-३ स्थित बालगृहका बालबालिकाहरुलाई रु २० हजार बराबरको खाद्यान्न सहयोग प्रदान गरेको छ। 

    images

    गाउँपालिकाका अध्यक्ष झक बहादुर बुढा मगरको उपस्थितिमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बागलुङ सेवा समाजका वरिष्ठ उपाध्यक्ष विकास मगरले बालगृहमा बस्ने बालबालिकाहरुलाई खाद्यान्न वितरण गर्दै भने, “रोजगारीको सिलसिलामा कुवेतमा रहेका बागलुङेलीहरूले आफ्नो जन्मभूमिका बालबालिकाप्रति सहयोगको हात अघि बढाउनु पर्छ। विदेशमा रहेका हामीले पनि गाउँका बालबालिकाको हेरचाहमा योगदान गर्नुपर्छ" ।

    बालगृहमा रहेका बालबालिकाहरूले सहयोगप्रति खुशी व्यक्त गर्दै समाजप्रति धन्यवाद दिएका छन् । बालगृहका संचालकले समयमै प्राप्त भएको सहयोग उपयोगी रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology