आश तमु पोखरा - फेवातालमा पौडी खेल्ने क्रममा डुबेर २३ वर्षीय एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्ग घर भै हाल पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोक बस्ने सुरज नगरकोटी रहेका छन ।
सोमबार दिउसो २ :४५ को समयमा तालमा डुबेका नगरकोटीलाई सशस्त्र र नेपाल प्रहरीको टोलीले खोजी गर्ने क्रममा ४ : ३० बजेको समयमा तालमा मृत फेला पारेको प्रहरीले जानकारी दिएको छ।
उनको शबलाई पोस्टमार्टमका लागि साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जनाएको छ।
तस्विर : सन्देश बराल

