Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा पत्रकार महासंघको ७१औं स्थापना दिवस: 'एआई र पत्रकारिता' विषयमा अभिमुखीकरण तालिम सम्पन्न

कुवेतमा पत्रकार महासंघको ७१औं स्थापना दिवस: 'एआई र पत्रकारिता' विषयमा अभिमुखीकरण तालिम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २०, २०८२ शुक्रवार • २०:५३:०३ बजे
  • 2.0K
    SHARES
  • कुवेतमा पत्रकार महासंघको ७१औं स्थापना दिवस: 'एआई र पत्रकारिता' विषयमा अभिमुखीकरण तालिम सम्पन्न

    कुवेत - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले पत्रकार महासंघको ७१ औं स्थापना दिवस एक विशेष कार्यक्रम आयोजना गरि मनाइएको छ । कार्यक्रममा  पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि 'समाचारमा एआई अवसर कि खतरा' विषयमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । 

    images

    नेपालमा पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारहरूको हकहितका लागि क्रियाशील महासंघको गौरवमय ७१ वर्ष पुगेको अवसरमा कुवेतमा कार्यरत नेपाली पत्रकारहरूले ऐक्यबद्धता जनाउँदै प्रवासमा रहेर पनि नेपाली समुदायको आवाजलाई मूलधारको सञ्चार माध्यमसम्म पुर्‍याउन शाखाले खेल्दै आएको भूमिकाको चर्चा गरेका थिए ।

    received_1489615789221786.jpeg

    शाखाका अध्यक्ष एकराज मल्लको अध्यक्षतामा अप्रिल ३ तारिख शुक्रबारका दिन कुवेतको साल्मियास्थित डाम्पा लाउन्च रेष्टुरेण्टको सभाहलमा आयोजित उक्त कार्यक्रममा कुवेतमा रहेर परोपकारी पत्रकारिता गरिरहेका मिडियाकर्मी तथा शाखाका प्रतिनिधि र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्थापना दिवसको मुख्य आकर्षणका रूपमा आयोजित “समाचारमा एआई: अवसर कि खतरा?” (AI in News: Opportunity or Danger?) विषयक अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक दिपेन्द्र निरौलाले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, समाचार लेखन, सम्पादन र तथ्य जाँच (Fact-checking) मा एआईलाई कसरी सहायक उपकरणको रूपमा प्रयोग गर्ने भन्नेबारे विस्तृत जानकारी दिइएको थियो। साथै एआईले सिर्जना गर्न सक्ने 'फेक न्युज' को जोखिम, पत्रकारिताको विश्वसनीयता बचाउने उपायहरू र प्रविधिको प्रयोगमार्फत कम समयमा गुणस्तरीय सामग्री उत्पादन गर्ने प्राविधिक तथा सैद्धान्तिक पक्षबारे छलफल गरिएको थियो।

    received_1590074262222317.jpeg

    कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्ता प्रशिक्षणले प्रवासमा रहेर पत्रकारिता सिक्दै गरेका र व्यावसायिक रूपमा संलग्न रहेका सबैलाई थप जिम्मेवार र प्रविधिमैत्री बनाउने विश्वास व्यक्त गरे । स्थापना दिवस मनाइरहँदा केवल उत्सवमा मात्र सीमित नभई पेसागत दक्षता बढाउन अभिमुखीकरणमार्फत नयाँ ऊर्जा प्राप्त भएको सहभागीहरूको भनाइ थियो ।

    received_1648019866336657.jpeg

    नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी दिनहरूमा पनि पत्रकारहरूको हकहित, पेसागत सुरक्षा र क्षमता विकासका लागि यस्तै रचनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

    received_1979322209627344.jpeg

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology