Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चालक अनुमतिपत्र छापिएको नागरिक एपमार्फत सजिलै थाहा पाउन सकिने

चालक अनुमतिपत्र छापिएको नागरिक एपमार्फत सजिलै थाहा पाउन सकिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १५, २०८३ मंगलवार • १४:०३:२६ बजे
  • 937
    SHARES
  • चालक अनुमतिपत्र छापिएको नागरिक एपमार्फत सजिलै थाहा पाउन सकिने

    काठमाडौं – नागरिक एपले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रिन्ट भएको / नभएको स्थिति थाहा पाउन सेवाग्राहिहरूका लागि नया सुविधा ल्याएको छ । अब सेवाग्राहीहरूले यातायात कार्यालयमा धाउन नपर्ने भएको छ । यो सेवाले उनीहरूको समय बचत गर्ने अपेक्षा गरिएको छ ।

    images

    नागरिक एपको हालको अपडेटमा सवारी चालक अनुमतिपत्रको विशेष सेक्सन थप गरिएको छ । प्रयोगकर्ताले एपमा गएर आफ्नो लाइसेन्सको पछिल्लो अवस्थाबारे जानकारी लिन सक्नेछन् । यदि कार्ड छापिसकेको छ भने एपमा “तपाईंको सवारी चालक अनुमतिपत्र छापिएको छ, कृपया सम्बन्धित कार्यालयबाट लिनुहोस्” भन्ने सन्देश देखिनेछ। 
    तर कार्ड नछापिएको खण्डमा कुनै सूचना उपलब्ध हुनेछैन।

    यो सुविधा थप्नुले सेवाग्राहीलाई सजिलो बनाउने भएको छ । अब तिनीहरूले धेरै समय बचत गर्दै आफ्नो लाइसेन्सको जानकारी सरल तरिकामा लिन सक्ने छन । नागरिक एपका प्रयोगकर्ताले यो सुविधाको लागि  आफ्ना मोबाइलमा यो एप डाउनलोड गर्नुपर्नेछ। एपका माध्यमबाट प्राप्त गरिएको जानकारीले सेवाग्राहीलाई लाइसेन्स थाहा पाउने प्रक्रिया सहज बनाउँछ । 

    नयाँ लाइसेन्सका लागि आवेदन दिनेलाई राजस्व तिरेको सक्कल रसिद र नवीकरण गर्नेलाई पुरानो लाइसेन्स कार्ड अनिवार्य रूपमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ । यो नयाँ सुधारले डिजिटल सेवाहरूको प्रयोगलाई बढावा दिने मात्र होइन, प्रशासनिक प्रक्रियामा समेत धेरै सुधार ल्याउने अपेक्षा गरिएको छ । 

    सेवाग्राहीहरूले अब कागजात लिएर कार्यालय धाउनु पर्ने झन्झटबाट मुक्त हुनेछन्, जुन समग्रमा नागरिकहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology