Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा सडक खन्ने क्रममा पहिरो: स्काभेटर चालकको मृत्यु

म्याग्दीमा सडक खन्ने क्रममा पहिरो: स्काभेटर चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०८३ शनिवार • ०६:२७:१५ बजे
  • 1.2K
    SHARES
  • म्याग्दीमा सडक खन्ने क्रममा पहिरो: स्काभेटर चालकको मृत्यु

    म्याग्दीको रघुगंगा गाउँपालिकामा सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काभेटर पुर्दा एक जना चालकको मृत्युु भएको छ । 

    images

    बेग र बास्बोट बस्ती जोड्ने सडक विस्तारका क्रममा अचानक खसेको माटोको ढिस्कोले ५५ वर्षीय चालक पदम कार्कीलाई स्काभेटरसहित पुरेको हो । घटना लगत्तै स्थानीय र प्रहरीको टोली उद्धार तथा खोजी कार्यमा जुटेको थियो । घटनास्थलमा रहेका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले अन्य डोजर र ब्याकुहोलोडर परिचालन गरेर पहिरोमा पुरिएका कार्कीको शव निकालेर परिक्षणका लागि प्रदेश अस्पताल बेनीमा पठाएको जानकारी दिएका छन । 

    स्थानीय स्रोतका अनुसार दुर्घटनामा परेको उक्त स्काभेटर रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको हो । पहाडी भेगमा सडक खन्ने क्रममा भौगोलिक बनावटको अध्ययन र सुरक्षा मापदण्डको पालना नहुँदा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। बेग-बास्बोट सडक खण्डमा पनि कमजोर भूबनोटका कारण पहिरो खसेको हुनसक्ने अनुमान गरिएको छ । 

    वर्षायाम सुरु नहुँदै खसेको यो पहिरोले विकास निर्माणका कार्यमा अपनाउनुपर्ने सावधानीबारे पुनः प्रश्न उठाएको छ। कार्कीका परिवार र आफन्तहरू यतिबेला गहिरो चिन्तामा छन् । विकासको नाममा हुने यस्ता दुर्घटनाले मानवीय क्षति पुर्‍याउँदा स्थानीय समुदाय शोकमा डुबेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology