Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड चार दिनका लागि दैनिक तीन घन्टा बन्द

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड चार दिनका लागि दैनिक तीन घन्टा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २७, २०७७ मंगलवार • ०९:४५:५६ बजे
  • 1.7K
    SHARES
  • सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड चार दिनका लागि दैनिक तीन घन्टा बन्द
    सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड चार दिनका लागि दैनिक तीन घन्टा बन्द गरिएको छ । 

    तानसेनको बर्तुङदेखि चिडियाखोलासम्मका विभिन्न स्थानमा गएको पहिरो हटाउन सोमबारदेखि बिहीबारसम्म दैनिक तीन घन्टा बन्द गरिने भएको हो ।

    डिभिजन कार्यालय पाल्पाका अनुसार बिहान ६ बजेदेखि ९ बजेसम्म सवारी आवागमन बन्द गरेर पहिरो हटाउन थालिएको छ । 

    बिहान ९ बजेपछि भने सवारी आवागमन खुला हुने पाल्पाका ट्राफिक प्रमुख सइ पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # तानसेन–बुटवल सडकखण्ड
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology