अखिल नेपाल महिला संघ (क्रान्तिकारी) म्याग्दीकी पुर्व संयोजक तथा बिद्रोही नेकपा निकट जिल्ला जनसरकार प्रमुख जगत पुन कोजीवन संगिनी गंगा पुनको उपचारको क्रममा पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा निधन भएको छ।लामो समय देखी जन्डिस रोग बाट पिडित भई उपचार गराईरहनु भएको थियो।
यसै बिच नेकपा (बिप्लब)म्याग्दीले एक शोक बक्तब्य जारी गर्दै नेतृ गंगा पुनको असमायिक निधन प्रति दुख ब्यक्त गर्दै जन सरकार प्रमुख जगत पुन सहित परिवारमा समबेदना प्रकट गरेको छ।पार्टीको जिल्ला ईन्चार्ज दिपा र सेक्रेटरी रामराज सिंह द्दारा हस्ताक्षरित बक्तब्यमा नेतृ गंगा पुनको श्रीमान तथा पार्टीको जनसरकार कमरेड प्रमुख जगत पुनलाई करिब १ बर्ष देखि राजनैतिक आस्थाका आधारमा बिभिन्न झुट्टा मुद्दा लगाई जिल्लाकारागार म्याग्दीमा बन्दी बनाईएको र यस दुखद घढीमा कमरेड जगत पुनलाइ रिहाई गरी मानबिय समबेदना प्रकट गर्न सरकार संग माग गरेको छ ।
साथै यस दुखद घडीमा कमरेड जगत पुनको रिहाईको लागी पहल गरिदिन मानव अधिकारबादी नागरिक समाज , संचारकर्मी, सामजिक संघ संस्थाहरुलाई अनुरोध समेत गरेको छ।