Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि 

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि 

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २७, २०७७ मंगलवार • १५:१७:०६ बजे
  • 1.1K
    SHARES
  • नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि 
    नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले उपमेयर थापालाई कोरोना पुष्टि भएको जानकारी दिए ।

    केही दिनदेखि अस्वस्थ रहेकी उपमेयर थापालाई भेरी अस्पताल, नेपालगञ्जमा पीसीआर जाँच गरिएको थियो । जसको रिपोर्ट पोजिटिभ आएको छ । अस्पतालले उक्त विवरण भने सार्वजनिक गरिसकेको छैन ।

    उपमेयर थापा कोरोना कहरको सुरुदेखि नै व्यवस्थापनमा खटिएकी थिइन् । चैत १० गते नेपालगञ्ज नाकाबाट भित्रिएका नौ सयलाई महेन्द्र बहुमुखी क्याम्पससम्म ल्याउन उपमेयर थापाको ठूलो भूमिका थियो । यद्यपि, ती व्यक्तिहरु क्याम्पसबाट भागेका थिए ।

    त्यसपछि भारतबाट आएका नेपालीलाई दशगजामै टेन्ट टाँगेर राख्नदेखि घरसम्म पठाउन र नेपालगञ्जको क्वारेन्टाइन र आइसोलेशन व्यवस्थापनमा उपमेयर थापा सक्रियतापूर्वक लागेकी थिइन् । झण्डै एक महिनादेखि अस्वस्थ रहेकी थापालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology