Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चरक मेमोरियलमा पोखरामा आज थप अर्का बाग्लुङका दोस्रो संक्रमित पुरुषको निधन

चरक मेमोरियलमा पोखरामा आज थप अर्का बाग्लुङका दोस्रो संक्रमित पुरुषको निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २८, २०७७ बुधवार • १८:०२:२५ बजे
  • 3.1K
    SHARES
  • चरक मेमोरियलमा पोखरामा आज थप अर्का  बाग्लुङका दोस्रो संक्रमित पुरुषको निधन
    पोखरा थप बुधवार एक पुरुषको निधन  भएको छ ।

    बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका-२ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो १२:१० मा चरक मेमोरियल अस्पताल, पोखरामा  निधन भएको हो । गत २५ गते अस्पताल भर्ना  भएका उनमा कोभिड-१९, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको स्वास्थय निर्देशानलयले जनाएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमण बाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

    आज बिहान मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक महिला सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको थियो ।

    कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत स्याङजा भिरकोट २ की ५२ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ९ :३४ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

    त्यसै गरी निर्देशनालयले कोरोनाबाट तनहुँ भिमाद -६ का ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेज असोज १९ गते, भिमाद – ६ कै ७५ वर्षीय पुरुषको बी एण्ड बी हस्पिटल काठमाण्डौमा असोज २४ गते तथा भिमाद ६ कै अर्का ९८ वर्षीय पुरुषको मेडीसिटी हस्पिटल काठमाण्डौमा असोज २५ गते मृत्यु भएको जानकारी गराएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology