कोरोना संक्रमण बड्दै जाॅदा रगतको चरम अभाब देखिदै गएको अबस्थामा रगतको संकट समाधानको लागी नेकपा (बिप्लव) निकट अखिल (क्रान्तीकारी) धौलैगिरी क्षेत्रीय समन्वय समितीले आज धौलागिरी अन्चल अस्पताल बाग्लुंगमा रक्तदानकार्यक्रम सम्पन्न गरेको छ।
संगठनको केन्द्रिय कार्यक्रम अनुशार देशको पछिल्लो कोरोनासंक्रमण र यसबाट हुन गएको रगतको अभाबलाई थोरै भए पनि कम गर्ने हेतुले क्षेत्रीय समितीको आयोजनाम रक्तदान कार्यक्रम सम्पन्नगरिएको संगठनका क्षेत्रिय समन्वय समितीका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिनु भयो।
रक्तदान कार्यक्रममा करिब २६ पोईन्ट रगत जम्मा गरिएको र उक्त संकलित रकम नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र बाग्लुंगलाई हस्तानतरण गरिएको छ ।धौलागिरी अन्चल अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि क,जिल्ला क्षेत्रीय समितीअन्तरगतका जिल्ला समितीका अध्यक्ष तथा
रक्तदान गर्ने युवा बिधार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।