Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्यटनमन्त्री भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई कोरोना पुष्टी

पर्यटनमन्त्री भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई कोरोना पुष्टी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १२:१६:५८ बजे
  • 1.2K
    SHARES
  • पर्यटनमन्त्री भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार  ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई कोरोना पुष्टी
    ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना संक्रमण पुष्टी भएको छ । 

    प्रजिअलाई कोरोना पोजेटीभ भएपछि जिल्ला प्रशासन कर्यालय सात दिनलाई सिल गरिएको छ ।  प्रशासन सातदिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने भएको छ । 

    ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईलाई संक्रमण पुष्टि भएको हो । 

    बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाईँको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाईएको थियो । 

    स्वाब संकलनपछि प्रजिअ चापागाई प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टाइनमा बसेका थिए । 

    उनले आफ्नो स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएकाले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology