Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जाको कालीगण्डकी गापा कोटघरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु

स्याङ्जाको कालीगण्डकी गापा कोटघरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १२:२४:०२ बजे
  • 1.5K
    SHARES
  • स्याङ्जाको कालीगण्डकी गापा कोटघरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
    स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिका-६ कोटघरमा गएराति ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। 

    जयपतेबाट कोटघरतर्फ ढुंगा लिएर जाँदै गरेको लु। ४ त ५६६ नम्बरको ट्याक्टरबाट सोही ठाउँका २१ वर्षीय कुलबहादुर सिंजापति खसेका थिए। उनलाई ट्याक्टरले किचेको थियो। 

    पाल्पास्थित मिसन अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय जयपतेले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटामा हिजो बेलुकी साइकलबाट लडेर स्थानीय २० वर्षीय लक्ष्मण राना घाइते भएका छन्। 

    हिजो बेलुका घाइते भएका रानाको धनगढीस्थित महाकाली अस्पतालमा उपचार भइरहेको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology