Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा विहिवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

बागलुङमा विहिवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १३:०१:३६ बजे
  • 1.7K
    SHARES
  • बागलुङमा विहिवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
    बागलुङमा संक्रमित संख्या ५ सय ८५ पुगेको छ।  क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा विहिवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

    संक्रमण पुष्टि हुनेमा १४ जना नेपाल प्रहरी, २० जना नेपाली सेना छन्। यसका साथै काठेखोला गाउँपालिका वडा नम्बर ६ का २ जना, तमानखोला गाउँपालिकाका ६ जना, बागलुङ नगरपालिका ४ का एक जना पुरुष बाहेक अरु सबै कन्ट्याक्ट ट्रेसिङका हुन्। 

    कोरोना संक्रमणका कारण चैत्र दोस्रो साता नै सुरुवाती भयावह बेहोरेको बागलुङमा केही साता अघिसम्म नियन्त्रण उन्मुख देखिए पनि अघिल्लो सातादेखि पुनः कोरोना संक्रमण दर बढेको छ। जसका कारण जिल्लामा संक्रमणको जोखिम थप बढेको छ। 

    हालसम्म संक्रमित भएका मध्ये ३ सय ८८ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ। बुधबार मात्र एक ७७ वर्षीय किराना व्यापारी पुरुषको कोरोना संक्रमणका कारण पोखराको चरक अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology