Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाए मात्र अव स्याङ्जा जिल्ला प्रवेश गर्न पाइने

७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाए मात्र अव स्याङ्जा जिल्ला प्रवेश गर्न पाइने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १३:१२:०७ बजे
  • 5.0K
    SHARES
  • ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाए मात्र अव स्याङ्जा जिल्ला प्रवेश गर्न पाइने
    ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट देखाए मात्र अव स्याङ्जा जिल्ला प्रवेश गर्न पाइने भएको छ । उच्च जोखिम भएका स्थानबाट जिल्ला आउँदा ७२ घण्टा अवधिको रिपोर्ट साथमा हुनुपर्ने अन्यथा अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नयाँ नियम बनाइएको हो।

    प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतद्वारा जारी आदेशसहितको सूचनामा जिल्लाभर लागू हुनेगरी कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याइने जनाइएको छ।

    दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिँदै गर्दा आगमन बढ्दा कोरोना भाइरस संक्रमण पनि बढ्नसक्ने जोखिम देखिएकाले जिल्ला प्रवेशमै कडाइ गरेको हो।  बुधबार बसेको सर्वपक्षीय बैठकले बुधबार राती १२ बजेबाट प्रशासनले जिल्लाभर लागू हुनेगरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी नयाँ आदेश जारीगरी सामूहिक गतिविधिका कार्यलाई निषेध गरेको छ। 

    निषेध गरेका गतिविधि

    १।सबै प्रकारका शैक्षिक संस्था, तालिम, गोष्ठी तथा सेमीनार, भेला तथा सम्मेलन, हाटबजार, लगायतका मनोरञ्जन स्थल र सामूहिक खेलकुदजन्य गतिविधि सञ्चालन गर्न।

    २। भीडभाड, सभाजुलुस, जात्रा महोत्सव, धर्म संस्कृति सम्वद्ध राजनीतिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना तथा सञ्चालन गर्न। 

    ३। मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक र सांस्कृतिक महत्वका स्थलमा दैनिक नृत्य पूजा र आराधना बाहेकका अन्य गतिविधि सञ्चालन गर्न। 

    ४। विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका,२०७७ को व्यवस्था विपरित हुने गरी विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाहरु सञ्चालन गर्न।

    ५। कोभिड १९ को प्रकोपको अवधीभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका,२०७७ का प्रावधान विपरित गरिएका सार्वजनिक सवारी सञ्चालनका गतिविधि गर्न।

    ६। स्वास्थ्य र सुरक्षाका मापदण्ड विपरित व्यवसाय सञ्चालन र निर्माण जस्ता कार्य गर्नको लागि श्रमिक र कामदार ओसारपसार तथा प्रयोग गर्न ।

    ७। आदेशको कार्यान्वयन प्रभावकारी रुपमा गर्न र कोभिड १९ को संक्रमणको जोखिमबाट बच्न पूर्वसावधानी अपनाउन अनिवार्य मास्कको प्रयोग गर्ने, न्यूनतम २ मिटरको भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने जस्ता स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुहुन।
    dpo syangjaanotice.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology