आश तमु पोखरा ।गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका ४ जना नै म्याग्दीका रहेका छन् ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।
बेनी नगरपालिकाका २ तथा रघुगंगा र मंगलाका ११ जनामा संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाका ४९ वर्षीय संक्रमित नेपाल आर्मीमा कार्यरत छन् ।