Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको तमानखोला गाउँपालिकाबाट ११ वटा भरुवा बन्दुक सहित १० जना पक्राउ

बागलुङको तमानखोला गाउँपालिकाबाट ११ वटा भरुवा बन्दुक सहित १० जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १८:०७:३० बजे
  • 1.9K
    SHARES
  • बागलुङको तमानखोला गाउँपालिकाबाट ११ वटा भरुवा बन्दुक सहित १० जना पक्राउ
    आश तमु पोखरा ।प्रहरीले बागलुङको तमानखोला गाउँपालिका-२ बाट ११ वटा भरुवा बन्दुक सहित १० जनालाई पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारी नेतृत्वको टोलीले बुधवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

    लुकाइछिपाइ राखेको अवस्थामा ती बन्दुकसहित मानिसहरु पक्राउ परेका हुन् । उनीहरुको घरमा भेटिएका हतियार बिना इजाजत राखिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले उनीहरुलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरेर धौलागिरी अस्पतालमा पीसीआर पनि परीक्षण गरिएको छ ।

    परीक्षणको रिपोर्ट नआएसम्म उनीहरु क्वारेन्टाइनमा बस्नेछन् । हातहातियार तथा खरखजाना मुद्दामा उनीहरुको कारबाही प्रक्रिया अगाडि बढ्ने रेग्मीले बताए ।

  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology