Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३०, २०७७ शुक्रवार • १७:३१:२६ बजे
  • 2.0K
    SHARES
  • इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ
    बुटवल- इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी चार लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनी श्रीमती निर्मला केवट पनि पक्राउ परेकी छन् ।
    उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले रुपन्देहीको सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल छेउबाट शुक्रबार अपराह्न साढे २ बजे दसीसहित नियन्त्रणमा कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

    एक जना अभियुक्तलाई धरौटीमा छुटाउन सहयोग गरेवापत घुस लिन लागेको भन्ने सूचनाका आधारमा हवल्दार र उनकी श्रीमती पक्राउ परेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # घुस
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology