Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १२:११:५८ बजे
  • 3.3K
    SHARES
  • म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा  एक जनाको मृत्यु

    मयूरपाटी - म्याग्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

    images

    म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा मंगलबार राति करिब ११ बजे मंगला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ जादै गरेको ना ७ त ४०४६ नंको ट्याक्टर दुर्घटना हुदाँ बेनपा-५ पुरुण्डीका चालक रमेश भन्ने रेशम दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    म्याग्दीको मंगला गाउँपालिका बरंजाबाट ट्याक्टरमा चालक दर्जी एक्लै आउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । कच्ची सडकमा तीव्र गति र वर्षाको कारण चिप्लो सडक भएकोले दुर्घटना भएको अनुमान गरिएको छ ।

    सडक देखी ट्याक्टर करिब ३० मिटर तल खसेको छ । ट्याक्टर चालक दर्जीको शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology