Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा २३ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना पुष्टि

पोखरामा २३ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १, २०७७ शनिवार • १४:१३:४२ बजे
  • 1.3K
    SHARES
  • पोखरामा २३ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना पुष्टि
    पोखरा – पोखरामा थप २३ जना सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जना,तनहुँमा १ जना , स्याङ्जा २ जन ,लमजुङ एक जना म्याग्दी एक जना र बागलुङ २ जना गरी ३० जनामालाई संक्रमण पुष्टि भएको हो ।

    पोखरा महानगरपालिका वडा नम्बर ४ का ५९ वर्षीय पुरुष , वडा नम्बर ५ का ३३ र ५२ वर्षीय पुरुष, ८ का ३६ वर्षीय पुरुष ,पोखरा १० का ७ जना २५, २८, ३०,र ३३ वर्षीय २ जना, ४० तथा ५६ वर्षीय पुरुष,वडा नम्बर ११ का ३५ तथा ४७ वर्षीय पुरुष १३ का ४७ वर्षीय पुरुष,१४ का ३ जना ५४ वर्षीय महिला सहित २५ तथा ५६ वर्षीय पुरुष,१५ का २ जना २८ वर्षीय पुरुष तथा ६८ वर्षीय महिलापोखरा १६ का ३३ वर्षीय १ जना पुरुष तथा १८ का २२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।
    यस्तै पोखराका २ जना संक्रमितहरु ३५ र ४९ वर्षीय पुरुषहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

    पोखरामा आज बिहान समेत ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    तनहुँमा म्याग्दे गाउँपालिका वडा नम्बर २ का ४९ वर्षीय पुरुष ,स्याङ्जा हरिनास गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुष ,त्यस्तै पुतलीबजार नगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

    लमजुङ बेसीसहर नगरपालिका वडा नम्बर ७ की ६७ वर्षीय महिला र बाग्लुङका २ जना जैमिनी नगरपालिका वडा नम्बर ७ की ४९ वर्षीय महिला तथा ९ का ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

    संक्रमितहरु सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

    यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology