Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१८० एम्पुल लागूऔषध बोकेर हिडिरहेको अवस्थामा पोखरा बिजयपुरबाट युवा पक्राउ

१८० एम्पुल लागूऔषध बोकेर हिडिरहेको अवस्थामा पोखरा बिजयपुरबाट युवा पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • ११:५६:३३ बजे
  • 1.9K
    SHARES
  • १८० एम्पुल लागूऔषध बोकेर हिडिरहेको अवस्थामा पोखरा बिजयपुरबाट युवा पक्राउ
    कास्की प्रहरीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको छ ।

    शनिवार बिहान लागूऔषधसहित हिडिरहेको अवस्थामा पोखरा  २४ स्थायी घर भई पोखरा २६ बिजयपुर बस्ने २९ वर्षीय प्रभात सुबेदीलाई बिजयपुरबाट प्रकाउ गरेको हो ।

    उनको साथबाट डाईजेपाम ६० एम्पुल, फेनार्गन ६० एम्पुल र नुर्फिन ६० एम्पुल गरी १८० एम्पुल लागूऔषध बोकेर हिडिरहेको अवस्थामा  बिजयपुरबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालयका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

    सुबेदीलाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत अनुसन्धान भइहेको प्रहरीले जनाएको छ  ।

  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology