Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास १२ छिर्कनेमा एकै  घरका १२ जना बिरामी

जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास १२ छिर्कनेमा एकै  घरका १२ जना बिरामी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • १८:५८:०४ बजे
  • 844
    SHARES
  • जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास १२ छिर्कनेमा एकै  घरका १२ जना बिरामी
    जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै घरपरिवारका  १२ जना बिरामी परेका छन्। स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन्।

    बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्षीया पूजा विक, २८ वर्षीय सुनिल विक, २० वर्षीया जोशना विक, २८ वर्षीया सीता विक, ३७ वर्षीय रामकृष्ण विक, ९ वर्षीय समिर विक, १२ वर्षीय अमिर विक र ३५ वर्षीया जुना विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

    केक खाएपछि झाडापखाला र  बान्ता हुने तथा टाउको दुखेपछि सबैलाई दमौली अस्पताल भर्ना गरिएको छ। उनीहरुको हाल अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ।

    केक खाएका सबैलाई खाद्य विषाक्त भएको र सबैको अवस्था अहिले सामान्य रहेको दमौली अस्पतालले जनाएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology