Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ

१ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • १९:१९:४० बजे
  • 1.5K
    SHARES
  • १ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ
    दाङको घोराहीबाट झन्डै १ लाख ३८ हजार रकमसहित ५ जुवाडे पक्राउ परेका छन्।  घोराही उपमहानगरपालिका वडा नं‍ १५ निवासी ३० वर्षीय प्रविण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ बजेतिर छापा मार्दा ५ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए।
     
    पक्राउ पर्नेमा प्रविण खत्री सोही ठाउँका ३५ वर्षीय दिलबहादुर घर्ती मगर, ४० वर्षीय हेमन्त बुढाथोकी, ४९ वर्षीय भरत जिएम र २७ वर्षीय गोविन्द शाह रहेको डिएसपी खड्काले बताए।
      
    उनीहरुको साथबाट प्रहरीले १ लाख ३७ हजार ९ सय ४० रुपैयाँ नगद, खेलिरहेको २ गड्डी तास र नखेलेको थप १० गड्डी तास बरामद भएको खड्काले बताए।

    पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # जुवाडे
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology