Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चितुवाको छालासहित एक जना पक्राउ

चितुवाको छालासहित एक जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • १९:२३:०९ बजे
  • 1.1K
    SHARES
  • चितुवाको छालासहित एक जना पक्राउ
    दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ।घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ५० वर्षीय इन्द्रबहादुर घर्ती चितुवाको छालासहित पक्राउ परेका छन्। 

    दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार टाउको बंगारासहित फेला परेको उक्त छाला ७ फिट ८ इञ्च लम्वाईको छ। 

    असोज ३० गते राति घोराही १५ को तरापुञ्ज टोलमा चितुवाको छालाको अवैद्य कारोवारो भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले घर्तीको पिछा गरेको थियो। 

    घर्तीले आफ्नै घरभित्र प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा छाला बरामद भएको डिएसपी खड्काले बताए।

  • सम्बन्धित विषय:

  • # चितुवाको छाला
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology