Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु बाबु गम्भीर घाइते

टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु बाबु गम्भीर घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक २, २०७७ आइतवार • १९:३३:१६ बजे
  • 1.3K
    SHARES
  • टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु बाबु गम्भीर घाइते
    दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको  छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। 

    जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी नायव निरीक्षक नन्द पोखरेलले सेतोपाटीलाई बताए। 

    गम्भीर भाइते बुद्धिरामलाई उपचारका लागि लमही पठाइएको पोखरेलले बताए। 

    आइतबार दिउँसो  पौने १ बजेतिर पूर्वतर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिपरले साइकलमा  भालुवाङतर्फ आउँदै गरेका बाबु-छोरीलाई ठक्कर दिएको पोखरेलले बताए।

    घटनास्थल पूर्वपश्चिम राजमार्गअन्तर्गत भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ मा भएको पोखरेलले बताए। 

    घटनाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले बताएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology