Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम (पूर्व) मा करीब ४ हजार बेरोजगार सूचीकृत

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम (पूर्व) मा करीब ४ हजार बेरोजगार सूचीकृत

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १६:०६:३४ बजे
  • 1.7K
    SHARES
  • प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम (पूर्व) मा करीब ४ हजार  बेरोजगार सूचीकृत
    रुकुमपूर्व । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रुकुम (पूर्व) मा करीब ४ हजार  बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७०७८ का लागि जिल्लाका तीन गाउँपालकाबाट  चार हजार १६७ व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएका हुन् ।

    सरकारले गत साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो । तोकिएको समयावधिभित्र फाराम भरेकाबाट वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार छानिई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको हो ।

    सबैभन्दा बढी पुथाउत्तरगङ्गा गाउँपालिकाबाट एक हजार ८४३  बेरोजगार सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक अनिता भुसालले बताइन् । यस्तै सिस्ने गाउँपालिकाबाट एक हजार ६०६  बेरोजगार सूचीकृत भएको सिस्ने गाउँपालिका रोजगार संयोजक सुशीलाकुमारी सिंहले जानकारी दिए ।  सबैभन्दा कम भूमे गाउँपालिकाबाट ७१८  बेरोजगार सूचीकृत भएका छन् । सूचीकृतलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाले जनाएका छन् ।

    विपन्नको खुशी 
    सिस्ने  – ७ को एक विपन्न परिवारको नयाँ घर बनेको छ । विदेशमा रहेका युवाको सहयोगमा सिस्ने–७ नाथीगाडकी शान्तिदेवी विकको घर निर्माण भएको हो ।  गत भदौ ११ गते आएको हावाहुरीले विकको घरको छाना उडाइदिनाका साथै घर नै भत्किएको थियो । अहिले छिमेकीका घरमा आश्रय लिएर बसिरहेकी विकको घर अमेरिका र भारतमा रहने ४९ युवाको सहयोग र स्थानीयवासीको रु ३० हजार बराबरको जनश्रमदानबाट निर्माण गरिएको छ । 

    सिस्ने –७ का हाल अमेरिकामा रहनुभएका प्रेम रावतका नेतृत्वमा सङ्कलित रु चार लाख ४५ हजारले विकको नयाँ घर निर्माण भएको छ । विदेशमा सङ्कलित रकम सिस्ने –७ कै लालीगुराँस युवा विकास केन्द्रमा आएको थियो । आफ्नो संस्थामार्फत नै विकको नयाँ घर निर्माण गरिएको  केन्द्रका सचिव भूपेशकुमार पुनले बताए । 

    विकको परिवारका लागि जस्तापाताको छाना भएको घर निर्माण गरिएको र शौचालय बाँकी रहेको बताइएको छ । उक्त घर गाउँपालिकाका अध्यक्ष कुमारी बराल र उपाध्यक्ष गोबर्धन बुढाले विकलाई हस्तान्तरण गरेका छन् । छिमेकीका घरमा आश्रय लिएर बस्दै आएका विक नयाँ घर पाएपछि खुशी रहेका छन् । 

    आफूसँग नागरिकता नभएका कारण सरकारी सेवा सुविधा उपयोग गर्न नपाएको विकको गुनासो छ । देश बाहिर रहेका युवाको सहयोगले एक विपन्न परिवारको बास जोडिएपछि सहयोगीदाताको परिवारलाई  गाउँपालिका अध्यक्ष बरालले सम्मान गरिन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology