Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरामा एक युवकको करेण्ट लागेर मृत्यु

पोखरामा एक युवकको करेण्ट लागेर मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ३, २०७७ सोमवार • १७:५१:०९ बजे
  • 4.6K
    SHARES
  • पोखरामा एक युवकको करेण्ट लागेर मृत्यु
    पोखरामा एक युवकको करेण्ट लागेर मृत्यु भएको छ ।  पोखरा-५ स्थित आफ्नै किराना पसल अगाडि बिजुलीको पोलमा चढी बल्ब जडान गर्ने क्रममा करेन्ट लागेपछि पोखरा-२३ ठुलाखेत घरभई पोखरा-५ माछापुच्छ«े टोलमा किराना पसल गर्दै आएका ३५ वर्षीय ज्ञानेन्द्र दाहालको करेण्ट लागेर मृत्यु भएको हो ।

    सोमबार बिहान ११।३० बजे करेण्ट लागेर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि पोखराको गैह्रापाटन स्थित फिस्टेल अस्पताल लगिएकोमा चिकित्सकले ११।५० मा मृत घोषणा गरेका थिए । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology