Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दलित युवा संजाल म्याग्दीले स्वदेश फर्किएका युवालाई गर्‍यो सम्मान

दलित युवा संजाल म्याग्दीले स्वदेश फर्किएका युवालाई गर्‍यो सम्मान

बादल शाही

बादल शाही

कार्तिक ४, २०७७ मंगलवार • ०८:४४:०१ बजे
  • 2.4K
    SHARES
  • दलित युवा संजाल म्याग्दीले स्वदेश फर्किएका युवालाई गर्‍यो सम्मान
    म्याग्दी बेनीमा सामाजिक दुरी कायम गर्दै एक स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न भएको छ । कोभिड १९ को जोखिमलाई ख्याल गर्दै सामाजिक दुरी कायम गरि उक्त कार्यक्रम गरिएको हो । परदेशमा पसिना बगाउन गएका युवाहरुले नेपाल विभिन्न हिसाबले बिपदमा पर्दा होस या सामाजिक रुपमा समस्या पर्दा होस आर्थिक तथा भौतिक सहयोग गर्ने म्याग्दीका तीन युवाहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।
    maygdi 1.jpg
    म्याग्दीका युवाहरु गोकुल बिस्वकर्मा, महेन्द्र बोहोरा र गोकुल रामदामलाई म्याग्दीमा स्वागत तथा सम्मान गरिएको हो । खाडी मुलुकमा रहेर पनि म्याग्दीमा बिपदमा हुँदा, कोही बिरामी पर्दा, या  सामाजिक रुपमा विभिन्न  आर्थिक सहयोग गरिएको भन्दै युवाहरुलाई सम्मान गरिएको हो । "जहाँ रहे पनि जहाँ भए पनि आफ्नो देश, समाज र गाउँठाउँ दुखमा परेको देख्न सकिन्नँ, सकेको सहयोग गरौं भन्ने भावना परदेशमा रहने जो कोहीलाई पनि हुन्छ" सम्मानित युवाहरुले बताए ।

    दलित युवा संजाल म्याग्दीको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संजालको संयोजक किसान बिस्वकर्माले गर्नु भएको थियो । अतिथीहरु नेकपा प्रदेश सदस्य तथा दलित अगुवा टेकबहादुर बिस्वकर्मा, सामाजिक अभियान्ता, समाजसेवी तथा दलित अधिकारकर्मी लालु किसान, कुमार घर्ती बिस्वकर्मा लयातले दलितको साझा सवाल र अहिलेको आवस्यकता सम्बन्धमा आफ्ना भनाईहरु पस्केका थिए । विभिन्न कलाकार, खेलाडी, विद्यार्थी नेता तथा पत्रकार सहितको उपस्थिति रहेको उक्त कार्यक्रममा दलित युवा संजालको उदेश्य र काम कर्तव्य बारेमा संजालका सदस्य भोजबहादुर थापा किसानले आफ्ना भनाई राखेका थिए ।

    युवाहरु ब्यबसायिक बन्न पर्ने कुरामा जोड दिदै कोभिड १९ र चाडवाडको कारण संजालले त्यस्ता कार्यक्रमहरु गर्न नसकेको संस्थाका संयोजकले बताउनु भयो । चाडवाड सकिए पछि र कोभिड १९ अझै हल्का भएमा आफ्नो संगठन बिस्तार गर्ने संयोजकले जानकारी दिनु भयो । कार्यक्रममा आउदै गरेको महान पर्व दशै तिहारको शुभकामना पनि आदानप्रदान गरिएको थियो ।

    बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology