Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काकाको हत्या गरी फरार व्यक्तिलाई कास्की प्रहरीले लमजुङबाट समाते

काकाको हत्या गरी फरार व्यक्तिलाई कास्की प्रहरीले लमजुङबाट समाते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • ०९:४७:३५ बजे
  • 1.7K
    SHARES
  • काकाको हत्या गरी फरार व्यक्तिलाई कास्की प्रहरीले लमजुङबाट समाते
    आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेका छन् । ओखलढुंगाको सुनकोशी गाउँपालिका-५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई आइतबार कास्की प्रहरीले ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा पक्रेको हो ।

    २०७६ साल कार्तिक महिनादेखि पोखरा महानगरपालिका वडा नम्बर २० स्थित मजुवा बिसौना विजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणको काम गर्दै आएका ५५ वर्षीय  टंकबहादुर तामाङलाई प्रहरीले बैशाख २१ गते बिहान ६ बजे उनी बस्दै आएको मजुवा जंगल छेउमा पाल र स्याउलाले बारबेर बनाएको छाप्रोमा टाउको तथा अनुहारमा गम्भिर चोट लागेको र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

    प्रहरीले ईन्द्रलाई लमजुङको मध्यनेपाल नगरपालिका-२, सोतीपसलबाट पक्राउ गरेको हो । घटनापश्चात् फरार रहेका उनी त्यहाँ लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    वैशाख २० गते बेलुका टंक र ईन्द्रसमेतका व्यक्तिहरुले सँगै रक्सी सेवन गरेका थिए । सोहीक्रममा भाँडा खसालेको विषयमा टंक र ईन्द्रबीच विवाद हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

    ईन्द्रउपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # काकाको हत्या
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology