Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कास्की लाहाचोकस्थित किराना पसलबाट सामान चोरी गरी फरार दुई जना पक्राउ

कास्की लाहाचोकस्थित किराना पसलबाट सामान चोरी गरी फरार दुई जना पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • ०९:५२:५२ बजे
  • 2.1K
    SHARES
  • कास्की लाहाचोकस्थित किराना पसलबाट सामान चोरी गरी फरार दुई जना पक्राउ
    कास्की प्रहरीले माछापुच्छ«े गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद रु एक लाख ३० हजार, औँठीलगायत सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा–८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामानसहित फेला पारिएको जनाइएको छ ।

    प्रहरीले उनीहरुको साथबाट रु ७७ हजार २९० बरामद गरेको र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रनाउ हमालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # चोरी
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology