Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहित चार जनालाई  कोरोना पुष्टि

उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहित चार जनालाई  कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • १०:४८:१६ बजे
  • 2.4K
    SHARES
  • उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहित चार जनालाई  कोरोना पुष्टि
    उदयपुर - उदयपुरको कटारी नगरपालिकाका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहित चार जनालाई  कोरोना संक्रमणको पुष्टि भएको छ।

    कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेश अर्याल, ईलाका प्रशासन कार्यलय कटारीका प्रमुख चन्द्र सिवकोटी, कटारी नगर शिक्षा शाखाका स्रोत ब्यक्ति सहित  गरी कोरोना रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले जानकारी दिए।

    १ गते कटारीमा १३ जनालाई कोरोना लागेपछि उनीहरुको स्वाब २ गते संकलन गरेर वि।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र आज कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए।

    स्वास्थ्य प्रमुख सुवेदीका अनुसार, उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यसअघि उदयपुरमा जिल्ला समन्वय प्रमुख र बेलका नगरपालिकाका मेयरलाई समेत कोरोना लागिसकेको छ। योसहित जिल्लामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology