Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ईन्ट्रयाक्ट क्लव अफ बालमन्दिर अन्नपुर्णको नवौ पदस्थापन कार्यक्रम सम्पन्न

ईन्ट्रयाक्ट क्लव अफ बालमन्दिर अन्नपुर्णको नवौ पदस्थापन कार्यक्रम सम्पन्न

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • १६:२३:०५ बजे
  • 904
    SHARES
  • ईन्ट्रयाक्ट क्लव अफ बालमन्दिर अन्नपुर्णको नवौ पदस्थापन कार्यक्रम सम्पन्न
    ईन्ट्रयाक्ट क्लव अफ बालमन्दिर अन्नपुर्णको नवौ पदस्थापन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

    बालमन्दिर माबीको सभाहलमा सामाजिक दुरी कायम राखी  आयोजीत कार्यक्रममा निबर्तमान अध्यक्ष बिशाल चापागाइले  माला  तथा ग्यावल हस्तान्तरण गरेर नया अध्यक्ष सतिष रेग्मीलाई  पदस्थापन गराए ।  

    कार्यक्रममा प्रमुख अतिथी रोटरी क्लव अफ अन्नपुर्णका उपाध्यक्ष देबेन्द्र बास्तोलाले ज्ञान, कर्म र सहकार्यले मात्र सफलता प्राप्त हुने चर्चा गर्दै  रोटरी क्लव, बालमन्दिर बिधालय र इन्ट्रयाक्ट क्लवको ९ बर्षको सहकार्यले बिधार्थीहरुमा आएको परीवर्तन बारे प्रस्ट पारेका थिए । 

    सो अवसरमा  बिधालयका प्रधानाध्यापक सुशील केसी, रोटरी इन्ट्रयाक्ट प्रतिनीधी दिनेश शंकर पालिखे,  शिक्षक प्रतिनीधी तिलक कार्की लगायतले आफ्नो धारणा राखेका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology