Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ शुक्लागण्डकी घर भएकी कोरोना संक्रमित महिलाको चितवनमा निधन

तनहुँ शुक्लागण्डकी घर भएकी कोरोना संक्रमित महिलाको चितवनमा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १०:१७:४९ बजे
  • 3.2K
    SHARES
  • तनहुँ शुक्लागण्डकी घर भएकी कोरोना संक्रमित महिलाको चितवनमा निधन
    भरतपुर अस्पतालका अनुसार कोरोना संक्रमण पुष्टि भएकी ३३ वर्षीया गर्भवतीको बिहीबार बिहान अस्पतालमा निधन भएको छ ।
    अस्पतालको अनुसार तनहुँको शुक्लगण्डकी नगरपालिका स्थायी ठेगाना भई हेटोंडा–५ बस्दै आएकी ती महिला असोज ३० गते भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

    खोकी र श्वासप्रश्वासको समस्यासहित अस्पताल आएकी उनमा त्यसै दिन संक्रमण पुष्टि भएको थियो । ती महिला ३७ साताकी गर्भवती रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि उनलाई बुधबार भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान सवा ६ बजे महिलाको निधन भएको अस्पतालले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology