Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्ताइस वर्ष पहिले निर्माण गरिएको ट्याङ्की चुहिन थालेपछि काठेखोलामा खानेपानीको समस्या

सत्ताइस वर्ष पहिले निर्माण गरिएको ट्याङ्की चुहिन थालेपछि काठेखोलामा खानेपानीको समस्या

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ६, २०७७ बिहिवार • १६:४५:४२ बजे
  • 2.2K
    SHARES
  • सत्ताइस वर्ष पहिले निर्माण गरिएको ट्याङ्की चुहिन थालेपछि काठेखोलामा खानेपानीको समस्या
    बलेवा । सत्ताइस वर्ष पहिले निर्माण गरिएको खानेपानी आयोजनाको ट्याङ्की चुहिन थालेपछि काठेखोला गाउँपालिका-१ पालागाउँमा खानेपानीको समस्या भएको छ । खानेपानी जम्मा गर्ने र वितरण गर्ने ट्याङ्की चुहिन थालेकाले पालाका १५ अहिले समस्यामा परेका हुन् । उक्त पानी ट्याङ्कीमा केही समय पहिले अज्ञात समूहले तोडफोड गरेको थियो ।

    तत्कालीन जिल्ला विकास समितिले २०५० सालमा बनाएको यो योजना मर्मतका लागि बजेट छैन । कहिँ कतैबाट बजेट नआउने र उपभोक्ताले मात्रै पैसा उठाएर मर्मत गर्न सक्ने अवस्था नरहेकाले ट्याङ्की अलपत्र भएको उपभोक्ता झपेन्द्रबहादुर थापाले बताउनुभयो । ‘‘पानीको स्रोत त थियो, सङ्लकन गरेर वितरण गरे मात्र पुग्थ्यो’’ उहाँले भन्नुभयो, ‘‘सिधै पाइप लगाए एकदुई घरलाई मात्र पुग्छ, सबैलाई वितरण गर्न सकिंदैन ।’’

    मर्मतका लागि चाहिने रू डेढ लाखको अभावमा ट्याङकी जीर्ण भइ अहिले ट्याङ्कीको भग्नाबशेष मात्रै रहेको र पानीका लागि अहिले स्थानीयवासीले सास्ती खेप्दै आएका छन् । पालाकै धिमीमा तीन वर्षअघि बनाइएको खानेपानीको ट्याङ्कीको निर्माण नसकिंदै चुहिन थालेकोले वितरण नै हुन सकेन । बाहिरबाट हेर्दा आर्कषक देखिने यो ट्याङकीमा पानी नअडिने भएको छ । खानोपनी तथा सरसफाइ डिभिजन कार्यालयले ठेक्कामा लगाएको यो आयोजनाका ठेकेदारले काम अलपत्र पारेर हिँडेको उपभोक्ता गोरे बिकले बताउनुभयो ।
    “काम पनि राम्रो गरेनन्, पानीको स्रोत पनि हिनामिना बनाए” उहाँले भन्नुभयोे, “कसलाई भनेर समस्या समाधान हुन्छ भन्ने पत्तो लगाउन सकिएन । यो ट्याङकीबाट पनि यहाँका १२ घरधुरीले पानी खान्थे । मर्मतको अभावमा चुहिने भएपछि खोल्साको पानी बोकेर खान बाध्य छन् । ”

    डिभिजन कार्यालयमार्फत सञ्चालित योजनामा भने रकम धेरै भएपनि परिचालन खर्च थोरै आउने गरेको डिभिजन प्रमुख राजेन्द्र न्यौपानेले बताउनुभयो । जिल्लाका दर्जनौं योजना बजेट अभावले अधुरा भएको र उपभोक्ताले खानेपानीको सास्ती खेप्न बाध्य भएको उहाँको भनाइ थियो ।


    खानेपानीको सास्ती भएपछि वडाको बजेट टोल–टोलमा सुरक्षित ट्याङ्की निर्माणमा लगाइएको वडाध्यक्ष खड्ग थापाले बताउनुभयो । गत आर्थिक वर्ष वडाले गण्डकी प्रदेश सरकारबाट प्राप्त रू ३० लाख र गाउँपालिकाको रू ८ लाखको लागतमा टोल टोलमा ट्याङ्की, घर घरमा धारा कार्यक्रम सञ्चालन गरेको थियो । चालु आर्थिक वर्षका लागि पनि छुटेका टोलमा ट्याङ्की मर्मतका लागि बजेट बिनियोजन गर्ने योजना वडा समितिको छ । गत दुई वर्षमा आठ वटा ट्याङ्की मर्मत गरेर २०० घरमा खानेपानी वितरण गरिएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology