Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरा घुम्न आएका एक भारतीय युवकको मृत्यु,नशालु पदार्थ सेवन गरेको आशंकामा अनुसन्धान

पोखरा घुम्न आएका एक भारतीय युवकको मृत्यु,नशालु पदार्थ सेवन गरेको आशंकामा अनुसन्धान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ७, २०७७ शुक्रवार • १४:४६:१२ बजे
  • 3.1K
    SHARES
  • पोखरा घुम्न आएका एक भारतीय युवकको मृत्यु,नशालु पदार्थ सेवन गरेको आशंकामा अनुसन्धान
    पोखरा घुम्न आएका एक भारतीय युवकको मृत्यु भएको छ । भारतको आन्ध्र प्रदेशका एक युवकको पोखरामा बिहीबार राति उपचारको क्रममा ११:०५ मा चरक अस्पतालमा मृत्यु भएको हो ।

    काठमाण्डौ स्यमम्भुमा डेरा गरी बस्ने मनमोहन मेडिकल कलेज काठमाण्डौमा अध्ययनरत २५ वर्षीय वाई किशोर विल्लीको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिएका हुन  ।

    साथीहरुसँग बिहीबार पोखरा घुम्न आएका विल्ली बिहीबार राति ११।०० बजे बिरामी भएपछि  उपचारका लागि पोखराको चरक अस्पताल लगेकोमा  चिकित्सकले ११।४५ मा मृत घोषणा गरेको डिएसपी हमालले उल्लेख बताए । डिएसपी हमालका अनुसार मेडिकल इन्टर्नशिप गर्ने ९ पुरुष तथा ४ महिला पोखरा घुम्न आएको बेला विल्ली अकस्मात बिरामी परेपछि साथीहरुले हस्पिटल पुर्याएका थिए ।

    मृतकले  नशालु पदार्थ सेवन गरेको आशंकामा अनुसन्धान अगाडि वढाएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology