Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ९, २०७७ आइतवार • ०९:४५:०३ बजे
  • 838
    SHARES
  • कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु
    कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु भएको छ ।

    पोखरा महानगरपालिका १ का ४२ वर्षीय कोरोना संक्रमित  पुरुषको शुक्रबार बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार बिहान जानकारी दिएको हो  । असोज ३० गते उपचारका लागि अस्पताल भर्ना भएका उहाँमा कार्तिक ३ गते कोरोना पुष्टि भएको थियो । उहाँमा कोरोना सँगै निमोनियाको पनि समस्या रहेको निर्देशनालयले जनाएको छ ।

    त्यस्तै पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ०९:३० बजे गण्डकी मेडिकल कलेज पोखरामा  निधन भएको छ।  उहाँमा कार्तिक  ०६ गते कोरोनाको संक्रमण पुष्टि भएकोमा ७ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । निर्देशनालयका अनुसार  उहाँमा कोभिड-१९ सहित निमोनियाको  समस्या रहेको थियो ।

    पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको शनिबार दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको हो । कार्तिक ७ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका उहाँमा कोभिड-१९ सहित  निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो ।

    पोखरा महानगरपालिका-१५ का ५२ वर्षीया कोरोना संक्रमित महिलाको मिति शनिबार राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा  उपचारका क्रममा मृत्यु  भएको छ । उहाँमा शनिबार नै  कोरोनाको संक्रमण पुष्टि भएपछि  उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology