Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महामारीमा बडादशैँ: टीकाको उत्तम साइत १०:१९ बजे

महामारीमा बडादशैँ: टीकाको उत्तम साइत १०:१९ बजे

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १०, २०७७ सोमवार • ०८:०६:१९ बजे
  • 862
    SHARES
  • महामारीमा बडादशैँ: टीकाको उत्तम साइत १०:१९ बजे
    नेपालीहरुको महान चाड बडादशैं अन्तर्गत आज विजयादशमी टीकाको दिन रहेको छ । असत्यमाथि सत्यको विजयका रुपमा यस चाड मनाउने गरिन्छ । 

    आफु भन्दा ठुला मान्यजनबाट टीका ग्रहण गरि आशिर्वाद प्राप्त गर्ने प्रचलन टीकाका दिन रहेको छ । 

    आज टीकाको शुभ साइत विहान १०:१९ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । 

    टीका लगाउनु अघि देवी विर्सजनको साइत विहान १०:११ मा रहेको जानकारी पनि गौतमले दिए । 

    दशै मनाउनका लागि विदेशमा रहेका नेपालीहरु पनि आ–आफ्नो घर फर्कन प्रचलन रही आएको छ । 

    तर यस पटक कोरोना महामारीका कारण औसत समयको जस्तो टीका लगाउनका लागि चलह पहल गर्ने समय भने छैन ।

    सरकारले पनि यस पटकको दशैंमा कम भन्दा कम गतिविधि गरेर दशैं मनाउन आग्रह गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology