Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १०, २०७७ सोमवार • १२:२०:१९ बजे
  • 808
    SHARES
  • कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु
    कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखरा महानगरपालिकाका २ तथा नवलपुरका २ जना गरी थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएको छ ।

    पोखरा महानगरपालिका-१५ की ७८ बर्षीया कोरोना संक्रमित महिलाको गए राति ११:०० बजे चरक मेमोरियल हस्पिटल , पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । उहाँमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछी अस्पताल भर्ना गरिएको थियो ।

    त्यस्तै पोखरा महानगरपालिका-५ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९:१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको छ । उहाँमा कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कार्तिक ६ गते नैकोरोना संक्रमण पुष्टि भएका नवलपुर गैंडाकोट-५ का ७३ बर्षीय कोरोना संक्रमित पुरुषको आइतबार चितवन मेडिकल कलेजमा तथा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका कावासोती-२ का ७७ बर्षीय पुरुषको बिहान २:३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology