जापनको मियागी केन अन्तर्गत सेन्दाई शहरमा बसोबास गर्ने नेपाली समुदायमा कोरोना संक्रमण फैलिएको छ।करिब दुई हजारको संख्यामा नेपाली बसोबास गर्ने उक्त शहरमा अधिकांश बिधार्थीहरु रहेका छन।
कोरोना महामारीको सुरुवात देखी नै सुरक्षित मानिएको सेन्दाईमा एक्कासी नेपाली समुदायका करिब पचास जना बिघार्थीहरुमा एकै पटक कोरोना संक्रमण देखिएको हो । नेपाली समुदायको बिधार्थीहरुले अध्ययन गर्ने शहरकै ठुला निहोगों र सेनमोन गाक्को (बिधालय) खादन,खान्क्यु लगाएत का अरु बिधालयहरुमा कोरोना संक्रमण देखिए पछी बिधालयहरु बन्द गरिएको छ र कन्ट्याक ट्रेसिंगमा परेकाहरुमा परिक्षण तिब्रपारिएको त्यहाॅको सरकारी निकायहरुले जानकारी दिएका छन।
सेन्दाईमा नेपाली समुदायमा एकै पटक कोरोना संक्रमण देखिएपछी अधिकाॅश नेपाली बिधार्थीहरुको रोजगारी गुमेको छ त्यहाॅका ठुला रोजगार कम्पन्नीहरुले कोरोना संक्रमण नसकिदा सम्मका लागी भन्दै नेपाली बिधार्थीहरुले काम गर्न बन्द गरिदिएका छन शहरका ठुला कम्पन्नीहरु फुजी फुड,मुसासिन लगाएतका ठुला कम्पन्नीहरुले नेपाली बिधार्थीहरुलाई अर्को सुचनानआउॅदा सम्मका लागी काम बाट हटाई सकेका छन यस बाट आगमी दिनहरुमा बिधार्थी तथा अन्य भिषामा बसेकाहरुको रोजगारी गुम्ने र ठुलो आर्थीक संकट देखा पर्ने पर्ने निश्चित देखिन्छ।
#सरोकारवालहरु बेखबर
सेन्दाईमा एकै पटक यति ठुलो नेपाली समुदायमा कोरोना संक्रमण फैलिरहॅदा सरोकारवाल निकाएहरु नेपाली दुतवास NRN,बिभिन्न जातिय तथा क्षेत्रिय सामजिक संघ संस्थाहरु प्राय: बेखबर रहेको सेन्दाईमा रहेका नेपालीहरुलेको गुनासो रहेको छ।
महामारी शुरु भएको करिब एक साता बितिसक्दा पनि नेपाल सरकारको कुनै पनि निकाय तथा एन आर एन जापनका कुनै प्रतिनिधीहरुले आजसम्म यहाॅको अबस्थाका बारेमा कॅही कतै पहल लिएको जानकारी नभएको बिधार्थी कमल बाॅनियाले बताउनु भयो।
महामारी जुन स्तरमा बढेको छ यही स्तरमा बड्ने हो भने सेन्दाईका नेपाली समुदायमा ठुलो संकट आउने र यस बाट जोगिन हम्य पर्नेदेखिन्छ यस्तो बेला नेपालीका लागी भनेर बनेका या बनाईएका सबै संघ संस्थाहरुलाई गम्भिरता पुर्बक लाग्न साथै नेपाली समुदायकासबै ब्यक्तिहरु उच्च सर्तकताका साथ दैनिकी संचालन गर्न जरुरी रहेको सेन्दाइका पुराना युवा ब्यबासायी तेजाब अर्यालले बताउनु भयो।
यसै बिच ब्यबासायी अर्यालले कोरोना संक्रमण बाट अति नै समस्यामा परेका नेपालीहरुका लागी खाध्यन लगाएतका दैनिक उपभोग्यसामनहरु आफ्नो पसल निनेल नेपाली पसलका तर्फ बाट निशुल्क उपल्बध गराउने घोषणा गर्नु भएको छ साथै यो महामारीको सबैमिलेर सामना गर्न अनुरोध समेत गर्नु भएको छ।