Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिहे भाेज खाएर फर्कने क्रममा युवकमाथि आक्रमण, खुट्टा छिनिएको अवस्थामा फेला

बिहे भाेज खाएर फर्कने क्रममा युवकमाथि आक्रमण, खुट्टा छिनिएको अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ११, २०७७ मंगलवार • १०:४७:२५ बजे
  • 1.8K
    SHARES
  • बिहे भाेज खाएर फर्कने क्रममा युवकमाथि आक्रमण, खुट्टा छिनिएको अवस्थामा फेला
    दाङ — दाङको तुलसीपुर उपमहानगरपालिका-११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बायाँ खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बायाँ खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् ।

    खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । प्रनाउ सिंहका अनुसार अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।

    उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्तस्थलमा अपरिचित समूहले सांघातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology