Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी घरभई पोखरा चिसाखोलामा बस्ने रुपा मृत अवस्थामा फेला

म्याग्दी घरभई पोखरा चिसाखोलामा बस्ने रुपा मृत अवस्थामा फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १२, २०७७ बुधवार • ०८:५६:१८ बजे
  • 2.6K
    SHARES
  • म्याग्दी  घरभई पोखरा चिसाखोलामा बस्ने रुपा मृत अवस्थामा फेला
    म्याग्दी जिल्ला घरभई पोखरा–१८ चिसाखोलामा डेरागरी बस्ने ३३ वर्षीया रुपा फगामी मगर मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

    सोमबार राति खाना खाएर सुतेकी रुपा मंगबलार बिहान ५।०० बजे आफ्नै विस्तारामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मगर मृत फेला परेपछि उनको परिवार र स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    उक्त कोठामा उनका पति र सासु–ससुरा समेत बस्दै आएका थिए । कास्की प्रहरीका अनुसार मगरको शरिरमा कुनै घाउचोट देखिएको छैन, मगरको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology