Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुखबाट लडेर गम्भीर घाइते भई पोखरामा उपचाररत म्याग्दी ३ पिप्लेका युवकको उपचारमा करीब तीन लाख सहयोग

रुखबाट लडेर गम्भीर घाइते भई पोखरामा उपचाररत म्याग्दी ३ पिप्लेका युवकको उपचारमा करीब तीन लाख सहयोग

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १२, २०७७ बुधवार • ०९:२२:२८ बजे
  • 1.3K
    SHARES
  • रुखबाट लडेर गम्भीर घाइते भई पोखरामा उपचाररत म्याग्दी ३ पिप्लेका युवकको उपचारमा करीब तीन लाख सहयोग
    बेनी । रुखबाट लडेर गम्भीर घाइते भई पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका ३ पिप्लेका एक युवकको उपचारमा करीब तीन लाख सहयोग जुटेको छ ।

    यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । मेरुदण्डमा चोट लागेकाले तल्लो भाग नचल्ने समस्या आएको र उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो ।

    नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा र सिवाइजी क्लबको अगुवाइमा सञ्चालन भएको सहयोग संकलन अभियान अन्तर्गत मंगलवारसम्म प्राप्त रु २ लाख ९१ हजार ६५५ रिजालको परिवारलाई हस्तान्तरण गरिएको छ ।

    अस्पतालमा औषधोपचारमा रकम आवश्यक परेपछि संकलन भएको रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको र अभियानलाई निरन्तरता दिइएको नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखाका सभापति तारानाथ शर्माले जानकारी दिनुभयो ।

    संकलित रकम मंगलबार उपचाररत रिजालका बुबा रुद्रलाई वडाध्यक्ष जीवनकुमार मल्ल र उपशाखाका सभापति शर्मा सहितको टोलीले हस्तान्तरण गर्नुभएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology