Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वत जलजला गाउँपालिकामा ‘एक घर–एक पीसीआर जाँच’ अभियान शुरू

पर्वत जलजला गाउँपालिकामा ‘एक घर–एक पीसीआर जाँच’ अभियान शुरू

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १२, २०७७ बुधवार • ०९:२७:१९ बजे
  • 655
    SHARES
  • पर्वत जलजला गाउँपालिकामा  ‘एक घर–एक पीसीआर जाँच’ अभियान शुरू
    पर्वत । जलजला गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि समुदायस्तरमा मंगलबारदेखि कोरोना परीक्षण गर्न थालिएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेपछि गाउँपालिकाले ‘एक घर–एक पीसीआर जाँच’ अभियान शुरू गरेको हो ।

    गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले पालिकाभित्रका सबैलाई सो सुविधा लिन अपिल गर्नुभयो । उहाँले कोरोनालाई हेलचेक्य्राइँ गर्न नहुने बताउँदै आफूले संक्रमित हुँदा भोगेको समस्याबारे समुदायमा जानकारी गराई अभियानलाई जनताको घरदैलामै पुग्ने गरी सञ्चालन गरिने बताउनुभयो ।

    मंगलबार बिहान १० बजे मिलनचोकबाट स्वास्थ्यकर्मीको टोलीले समुदायस्तरमा स्वाब संकलन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

    हरेक घरमा एक जनाको स्बाब संकलन गरिए पनि कोरोना संक्रमितको परिवारका भने सबैको संकलन गरिने भएको छ । यसअघि गाउँपालिकाका करीब पाँच सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ । यसैबीच तत्काल पाँच शय्याको कोरोना अस्पताल बनाएर आवश्यकतानुसार विस्तार र होम आइसोलेशनलाई जनस्वास्थ्यको मापदण्डको कार्यान्वयन हुने गरी प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology