बेनी, १७ असार । कालीपुलबाट बुधबार साँझ दुई लाख रुपैयाँ भन्दा बढी नगद सहित सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरी नायवउपरिक्षक किरनजंग कुँवरका अनुसार कालीपुलको गंगा शेरचनको घरबाट जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको साथबाट दुई लाख २९ हजार १४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ । जुवाखालबाट निरोज भण्डारी, पुरन शाही, चन्द्रबहादुर क्षेत्री, गंगाप्रसाद शेरचन, सुजन अधिकारी, विपिन खड्का र राजु कँडेलसहित सातजना नियन्त्रण लिएर अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक किरनजंग कुँवरले जानकारी दिनुभयो । जुवा खेलिरहेको अवस्थामा छापा मारेर पक्राउ गरिएको हो पक्राउ परेका मध्य बिपिन खड्का निर्माण ब्यबासायी महासंघ म्याग्दीका उपाध्यक्ष समेत हुन ।
उनिहरुलाई छुटाउन केही ब्यापारी तथा राजनितिकर्मीहरु रातीबाट नै धौडधुपमा लागेको भन्ने हल्ला सुनिए पनि आफुहरुलाई कसैको दबाब नआएको र कानुन संम्बत तरिकाले अगाडी बड्ने र उनिहरुलाई मुलुकी अपराध संहिता अन्तरगत मुद्दा चलाउने तयारी भएको प्रनाउ कुवँरले जानकारी दिनु भयो ।