Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चट्याङ लागेर चार जनाको मृत्यु, पाँच घाइते

चट्याङ लागेर चार जनाको मृत्यु, पाँच घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०७७ बिहिवार • १०:४४:११ बजे
  • 1.7K
    SHARES
  • चट्याङ  लागेर चार जनाको मृत्यु, पाँच घाइते

    मयूरपाटी - बारा जिल्लामा चट्याङ लागेर ४ जना महिलाले ज्यान गुमाएका छन भने पाँच जना घाइते भएका छन । चट्याङकै कारण रौतहट जिल्लाको एक घरमा पनि लाखौँको क्षती भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १२ शीतलपुर र फेटा गाँउपालिका वडा नम्बर १ मा वर्षासँगै परेको चट्याङ लागेर ४ जनाको ज्यान गएको छ ।

    images

    शीतलपुरस्थित खेतमा रोपाइँ गरिरहेको बेला ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको चट्याङ लागेर मृत्यु भएको बारा प्रहरीले जनाएको छ । त्यसैगरी फेटा गाँउमा एउटा घरमा चट्याङ लाग्दा एकै घरका ३० वर्षीया ईन्दु देवी महतो र ४० वर्षीया सुनारपति देवी महतोको घटानस्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । चट्याङ लागेर घाइते भएका फेँटाका ५ जनालाई कलैया अस्पताल लगिएको छ ।

    रौतहटको कटहरिया ५ बजारमा कृपाशंकर यादवको घरमा चट्याङ लागेर लाखौँ बराबरको क्षति भएको छ । चट्याङ लागेर घरमा रहेको एकथान एलिडि टिभी, कम्प्युटर, राउटरलगायत लाखौँ बराबरको सामान पूर्णरुपमा क्षति भएको पीडित यादवले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology