Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १४, २०७७ शुक्रवार • ०८:४७:५५ बजे
  • 1.7K
    SHARES
  • भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ
    कैलाली-भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने कैलालीका एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।


    भारतीयलाई नागरिकता दिलाउन सिफारिस गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

    जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा बनाई भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।

    अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology