Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा एकैदिन कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

पोखरामा एकैदिन कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १४, २०७७ शुक्रवार • १५:२०:३६ बजे
  • 2.4K
    SHARES
  • पोखरामा एकैदिन कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु
    पोखरामा एकैदिन कोरोना संक्रमणकाकारण दुई जनाको मृत्यु भएको छ।

    पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ बर्षीय बृद्ध र स्याङ्जाको वालिङ-५ का ७० बर्षीय वृद्धको पोखरामा मृत्यु भएको हो।

    दुई दिन अघि मात्र पोखरा १५ का कोरोना संक्रमित ८१ बर्षीय बृद्धको शुक्रबार बिहान होम आईसोलेसनमा रहेकै बेला निधन भएको हो।

    स्याङ्जा जिल्ला, वालिङ-५ का ७० बर्षीया बृद्धाको पनि शुक्रबार बिहान ८:३५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ |

    प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ |

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology